सर्वाधिक चर्चामा रहेको बेलायती राजपरिवारको सद्स्य मेघानले उठाएको बिषय 'सम्बोधन हुनेछ' : बकिङहाम प्यालेस
Credit: Harpo Productions/CBS, ———————- मन्दिप केसी, लण्डन,—- बकिङहाम प्यालेसले ओप्रा विनफ्रे अन्तरवार्तामा ह्यारी र मेघानले उठाएको जातीय रङ्गभेदको बिषय गम्भीर भएको जनाइएकोछ।
बेलायती महारानीको तर्फबाट जारी गरिएको वक्तव्यमा ‘परिवारले गोप्य रूपमा सम्बोधन गर्ने’ उल्लेख गरिएकोछ ।
प्रेस वक्तव्यमा भनिएको छ कि ‘बकिङ्घम प्यालेसद्वारा महारानीको तर्फबाट दुख प्रकट गरिएकोछ । ‘ह्यारी र मेघानको लागि गएको केही वर्ष कत्तिको चुनौतीपूर्ण भएको छ भन्ने कुरा थाहा पाउँदा पूरै परिवार दुःखीछौ ।
ह्यारी र मेघानको आरोपहरु विशेष गरी रङ्गभेदका मुद्दाहरु सम्बन्धित छन् । कुनै-कुनै घटनाहरु फरक-फरक भए तापनि ती कुराहरूलाई एकदमै गम्भीरतापूर्वक लिएकाछौ र पारिवारिक रूपमा त्यसको समाधान गर्नेछौं , ‘ह्यारी, मेघान र आर्चि सधैँ हाम्रो परिवारका सदस्य हुनेछन् ।