नेप्लिज ब्रिटिश कम्युनिटी यूके र कोडेक यूकेले संयुक्त रूपमा “नयॉं बर्ष शुभकामना तथा युद्ध पिडीत सहयोग” कार्यक्रमको आयोजना गर्ने तयारी
नेप्लिज ब्रिटिश कम्युनिटी यूके र कोडेक यूकेले संयुक्त रूपमा “नयॉं बर्ष शुभकामना आदान-प्रदान तथा युद्ध पिडीत सहयोग” कार्यक्रमको आयोजना गर्ने भएकोछ् ।
विश्वमा शान्ति र सहयोगको कामना गर्दै हाल युक्रेन युद्धबाट पिडीत सर्वसाधारण नागरिकहरुको सहयोगार्थ NBC-UK and Codec-UK को संयुक्त आयोजनामा नेपाली नयॉं बर्ष २०७९ तथा युद्ध पिडीत सहयोग साँझ आयोजना गर्ने भएकोछ । कार्यक्रम नितान्त “Charity Event” रहने र यस कार्यक्रमबाट संकलित सम्पूर्ण रकम यूक्रेनमा युद्धबाट प्रभावित सर्वसाधारणको सहयोगार्थ प्रदान गरिनेछ।
यूक्रेनमा द्वन्द्वबाट पिडीत विभिन्न समुदायहरु जीवन र मृत्युको दोसाँधमा विताईरहेका छन् । तिनै पीडितहरुको सहयोगार्थ यहि आउंदो अप्रिल १० तारिक, आईतबार सांझको ५ः३० बजे, Harrow Football Club, Earlsmead Stadium, Carlton Avenue, Harrow HA2 8SS लण्डनमा च्यारीटी कार्यक्रम गरिने भएकोछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन नयां वर्ष विशेष सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने NBC-UK तथा CODEC-UK द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकोछ । उक्त कार्यक्रमको अबधि करिव ४ घन्टाको रहनेछ। बेलायतमा रहेका विभिन्न संघ-संस्था, व्यवसायी, शुभ चिन्तक सबैमा कार्यक्रमको लागि सहयोग गरिदिनुहुन संस्थाले हार्दिक अनुरोध गरेको छ । यस कार्यक्रमलाई आर्थिक सहयोग गर्नको लागि NBC-UK (info@nbc-uk.org) वा Codec-UK (info@codec-uk.org) का कार्यसमितिका सदस्य संग सम्पर्क गर्न हार्दिक अपिल समेत गरेको छ।
उक्त कार्यक्रममा सहभागिताको लागि शुल्क २०पाउण्ड तथा बच्चाहरुको लागि १५ पाउण्ड राखीएकोछ। कार्यक्रममा सहभागि हुन www.buytickets.at/newyear2079 अनलाइन मार्फत टिकट खरिद गर्न सकिनेछ ।