प्रिन्स फिलिपको अन्त्येष्टिमा सहभागी हुने ३०जनाको नामावली तथा विश्वका करौडौं ब्यक्तिले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्ने अनुमान
च्यानल लण्डन,—-
बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको गत शुक्रवार ९९ वर्षको उमेरमा निधन भएको थियो। अन्तिम संस्कारको औपचारिक समारोह शनिवार एप्रिल १७ का दिन विन्डसर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा हुने भएकोछ। प्रिन्स फिलिपको शव पेटिकालाई कोरोना तथा लक्डाउनका कारण सर्वसाधारणहरूले हेर्न पाउने गरी राखिने छैन। उक्त समारोह टेलिभिजन मार्फत प्रत्यक्ष देखाइने कार्यक्रम रहेकोछ।
जहां जम्मा ३०जना मात्र सहभागी हुन पाउने भएकाले प्रधानमन्त्री बोरिस जोन्सन उक्त दिन, उक्त समारोहमा सहभागी नहुने जनाउँदै आफ्नो स्थान राजपरिवारका सदस्यहरुलाई छोडिदिने जनाएका छन।
गत जनवरीमा प्रधानमन्त्रि बोरिस् जोन्सनले बेलायतमा लक्डाउनको घोषणा गर्दा करिब २५मिलीयन अर्थात २करोड ५०लाख व्यक्तिहरूले टी.भी. बाट प्रत्यक्ष प्रसारण हेरेको अनुमान गरिएको थियो भने प्रिन्स फिलिपको अन्त्येष्टि समारोह त्यो भन्दा बढी व्यक्तिहरुले विश्वबाट प्रत्यक्ष टेलिभिजन मार्फत हेर्ने अनुमान गरिएको छ ।
केही दिन अगाडि प्रिन्स ह्यारी तथा मेघानले अमेरिकन टेलिभिजन मार्फत दिएको अन्तरवार्ताका कारण बेलायती राजपरिवार पुन एक पटक चर्चाको शिखरमा पुगेको थियो । यो पटक प्रिन्स फिलिपको अन्त्येष्टी समारोहमा अमेरीकाबाट बेलायत आएका राजपरिवारका सदस्य प्रिन्स ह्यारीका कारण अन्त्येष्टि समारोह नै छायाँमा पर्ने होकी भन्ने चर्चा चली रहेको बेला उनी सहित ३० जना सहभागि हुने नामावली प्रकाशीत गरिएको छ ।
बेलायतमा राजसंस्था, महारानी एलिजाबेथ द्वितीय निक्कै सम्मानित तथा आदरणीय रूपमा हेरिन्छ ।
अप्रिल १७मा प्रिन्स फिलिपको अन्त्येष्टि समारोहमा सहभागी हुने राजपरिवारका सदस्य तथा व्यक्तिहरूको नामावली यस प्रकार छ ।