लण्डन देखि ब्राईटन सम्म १सय १०किलोमीटर साईकल चडेर सहयोग संकलन अभियानको शुरुवात: फोटो फिचर
च्यानल लण्डन,—
गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदको आयोजना तथा NRNA UK, Woolwich Arsenal Riders Club (WARC), Help Nepal Network तथा Nepali Youth Association UK को सहयोग तथा सहकार्यमा नेपालमा हेल्प नेपाल नेटवर्कद्वारा संचालित अनाथ बाल-बालिकाको सहयोग केन्द्र र बुद्ध फाउण्डेसन यूके द्वारा नेपालमा निर्माणाधीन बुद्ध-बृद्धाश्रमको सहयोगार्थ, लन्डनको Woolwich बाट Brighton सम्म ( ११० किलोमिटर भन्दा बढी )
करिब २५ जना सहभागी Cycle Ride for Charity को समुद्घाटन गैर-आवासीय नेपाली संघ यूके कि अध्यक्ष श्रीमती पुनम गुरुङ्गबाट भएको छ ।
कार्यक्रममा एनआरएनए इंग्ल्याण्ड राज्य परिषद् तथा बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, क्याट यूके अध्यक्ष जीवन सेन, ह्यारी गुरुङ्ग, प्रसुना कँडेल, मञ्जु भण्डारी, मनिस श्रेष्ठ, सचिन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा फस्ट एड प्रसुना कँडेल तथा राजन खकुरालले उपलब्ध गराउने भएका छन भने खाना तथा ड्रिंक्सको व्यवस्था जीत रानाभाट तथा दीपक श्रेष्ठबाट गरिने जनाइएको छ ।
ह्यारी गुरुङ्ग तथा प्रसुना कँडेलबाट प्राप्त: फोटो फिचर-