बेलायत सरकारको रेड लिस्टमा: भारत, बंगलादेश, पाकिस्थान, कतार लगायत ४० भन्दा बढी देश
च्यानल लण्डन,–
विभिन्न देशमा कोरोना महामारी बढे सँगै बेलायत सरकारले भारत, बंगालादेश, पाकिस्तान, कतार, लगायत ४०भन्दा बढी देशलाई रेड लिस्टमा राख्ने निर्णय गरेकोछ ।
शुक्रबार (April 23) बिहान ४ बजेबाट भारत पनि रेड लिस्टमा थपिने भएकोछ। उक्त समय पछि भारतबाट बेलायत आइपुगेका तथा त्यो मिति भन्दा पहिले नै रेड लिष्टमा रहेका तलका देशहरुबाट बेलायत प्रवेश गरेका यात्रुहरूले पहिलो १०दिनको लागि अलग्गै क्वारेन्टाइनमा बस्नु पर्नेछ। जस्को लागि प्रति ब्यक्ति १७सय ५०पाउण्ड (करिव ३लाख रुपियाँ) होटल खर्च आफैले व्यहोर्नु पर्नेछ ।
बेलायतमा भ्याक्सिन प्रोग्राम व्यापक गरिएको छ। पहिलाे खाेप करीव ३करोड ३०लाख जनालाई दिइसकिएको छ भने दोश्रो खाेप करिब १करोड व्यक्तिलाई दिइसकिएको छ ।
बेलायतमा कोरोनाको प्रभाव क्रमीक रूपमा घट्दै गएकाले जनजीवन सहज बनाउन सरकारले क्रमिक रुपमा लक्डाउन खुकुलो बनाउँदै आएको छ। अहिलेको योजना अनुसार अत्ति आवस्यक बाहेक मे १७तारीक सम्म अन्तराष्ट्रिय भ्रमणमा प्रतिबन्ध तथा जून २१ सम्म विभिन्न किसिमको लाक्डाउन कायम रहनेछ ।
बेलायत सरकारको रेड लिस्टमा परेका देशहरू निम्न प्रकार छन्:
Angolaa, Argentina, Bangladesh, Bolivia, Botswana, Brazil, Burundi, Cape Verde, Chile, Colombia, Democratic: Republic of the Congo, Ecuador, Eswatini, Ethiopia, French Guiana Guyana, India ( From April 23), Kenya, Lesotho, Malawi, Mozambique, Namibia, Oman, Pakistan, Panama, Paraguay, Peru, Philippines, Qatar, Rwanda, Seychelles, Somalia, South Africa, Suriname, Tanzania, United Arab Emirates (UAE), Uruguay, Venezuela, Zambia, Zimbabwe.