लण्डनमा रिटायर ब्रिटिश गोर्खा आर्मी: मेयर पदमा निर्वाचित, बेलायतमा उच्च राजनैतीक पदमा एक मात्र नेपाली मुलका मेयर
[ विष्णु बहादुर गुरुङ्ग, मेयर, लण्डन बरो अफ होउन्स्लो /काउन्सिल ]
एभरेष्ट गौतम, च्यानल लण्डन,–
लण्डन बरो अफ होउन्स्लो काउन्सिलमा सन् २०२१-२०२२ का लागि रिटायर ब्रिटिश गोर्खा आर्मी ( स्टाफ सर्जेन्ट) बिष्णु बहादुर गुरुङ्ग मेयर पदमा निर्वाचित भएका छन् । रिटायर ब्रिटिश आर्मीबाट वेलायतको राजनीतिमा प्रवेश गरेका बिष्णु बहादुर गुरुङ बेलायतमा बसोवास गर्ने नेपालीहरू बीच एक मात्र बहालवाला नेपाली मुलका मेयरका रूपमा उनी देखिएका छन् ।
लन्डनमा ३२ वटा बरो/काउन्सिल छ । जहाँ अहिले सम्म कोही पनि नेपाली मूलका तथा रिटायर बृटिश गोर्खा आर्मी मेयर भएको जानकारीमा आएको छैन् । विष्णु बहादुर गुरुङ्ग पहिलो पटक लण्डन बरो अफ होउन्स्लो काउन्सिलमा ५६औ मेयर बनेका छन । त्यस्तै गरी लण्डनमा पहिलो रिटायर ब्रिटिश गोर्खा आर्मी ( स्टाफ सर्जेन्ट ) को रुपमा मेयर बन्ने अवसर पनि उनलाई नै मिलेको छ । बेलायतको प्रतिपक्षी राजनैतिक लेबर पार्टीको तर्फबाट पहिलो नेपाली मुलका मेयर बन्ने अवसर पनि उनलाइनै मिलेको छ।
सार्वजनिक पदिय आधारमा अर्को शब्दमा भन्नु पर्दा बेलायतमा राजनैतीक रूपमा उच्च औहदामा रहेका नेपाली मूलका बहालवाला मेयर उनी वरियता क्रममा पहिलो नम्बरमा परेका छन् । अहिले बेलायतमा बहालवाला नेपाली मुलका सांसद, मेयर कोही पनि नरहेको जनाइएको छ ।
ग्रेटर लण्डन तथा लण्डन बाहिर मे ६ तारिकमा स्थानिय चुनाब हुँदैछ । अधिकांस सर्वेक्षण अनुसार लण्डन मेयर सदिक खान लेबर पार्टिबाट पुन निर्वाचीत हुने देखिएको छ ।
अहिले सम्म वेलायतको संसदमा कोही पनि नेपाली मूलका व्यक्तिहरू सांसदको रूपमा निर्वाचित हुन सकेका छैनन् । सन् २०१७ मा वेलायतमा सम्पन्न संसदीय चुनावमा लेबर पार्टीको तर्फबाट पहिलो पटक पूर्वी लण्डनको डार्टफोर्डबाट सांसदको लागि उम्मेदवार बन्ने अवसर भने डा. बच्चु कैलाश कैनिलाई मिलेको थियो ।
सन् २०१४ मा लण्डन बरो अफ होउन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डबाट लेबर पार्टीको तर्फबाट उनी काउन्सिलरमा निर्वाचीत भएका थिए । सोही वर्ष उक्त काउन्सिलमा उप-मेयर पदमा निर्वाचित हुने अवसर समेत उनलाई नै मिलेको थियो । सन् २०१८ मा लेबर पार्टीको तर्फबाट ह्यानवर्थ वार्डको काउन्सिलर पदमा पुन निर्वाचीत भएका थिए। लेबर पार्टीको बाहुल्यता रहेको होउन्स्लो काउन्सिलमा उनको सामाजिक क्रियाकलाप, लेबर पार्टी प्रतिको जिम्मेवारी तथा काउन्सिलरहरु सँगको सहकार्यको आधारमा उनी मे ४ तारिकमा लण्डन वरो अफ होउन्स्लोको मेयर पदमा निर्वाचित भएका हुन् ।
लण्डन बराे अफ होउन्स्लोको ५६औं मेयरमा निर्वाचीत भए पछि “च्यानल लण्डन” संग कुरा गर्दै मेयर बिष्णु बहादुर गुरुङ्गले यो ठूलो सम्मान र गौरव भएको बताउँदै, सम्पुर्ण काउन्सिलरहरु, पुर्व मेयर, उपमेयर, स्थानिय सहयोगी, शुभ चिन्तक सबै प्रति हार्दीक धन्यवाद व्यक्त गरेका छन् । मेयरको रूपमा चयन भए पछि होउन्स्लो काउन्सिलको प्रतिनिधित्व गर्ने बताएका छन। बहु-सांस्कृतिक, बहु भाषिक, अल्पसंख्यक जातीय समूह, नागरिकता समारोहबाट आफ्नो समुदायमा उत्साहित रूपमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने बताएका छन। होउन्स्लो संसारको अंश हो र यसको इतिहास, विगतका बलिदानहरूको कदर, स्मरण दिवस, गोर्खा ब्रिटिश सशस्त्र सेनाको ब्रिगेडको अनुभवीको रूपमा सहयोग गर्ने बताएका छन । पुर्व मेयर तथा काउन्सिलर टोनी लुकीले मेयरको रूपमा आफ्नो समुदायमा गरेको कार्यको खुलेर प्रशंसा समेत गएका छन् । होउन्स्लो काउन्सिलको डेपुटी मेयरको रूपमा काउन्सिलर हिना मीर चयन भएकी छन् ।
नेपालको गोर्खा जिल्लाको बार्पाक, सुलिकोट गाउँ पालिका सौर्पनी ४, फुन्चोक्मा जन्मीएका पूर्व ब्रिटिश गोर्खा स्टाफ सार्जेंट बिष्णु बहादुर गुरुङ्ग, गोरखा ब्रिटिश सशस्त्र सेनाको ब्रिगेड बाट सन् १९९५ मा सेवा निर्वृत भएका थिए । उनले हङकङ, ब्रुनाई, सिंगापुर र बेलायतमा समेत सेवा गरिसकेका छन् । उनी नेपाली तथा वेलायतको विभिन्न् सामाजिक संघसंस्थामा आवद्ध हुनुका साथै विशेष गरी रिटायर आर्मीहरुको लागि विभिन्न माध्यमबाट सहायोग पुराई रहेका छन् ।
सानै उमेर देखि बाबुको रिटायर ब्रिटिश आर्मी जीवन तथा राजनीतिबाट प्रभावित भएको बताउँदै आएका छन् । वेलायतको प्रतिपक्षी लेबर पार्टीमा आवद्ध रहेर राजनितिमा नजिक हुँदै आएका उनी नेपालको राजनीतिमा भने खासै चाख देखाउँदैनन् । बिष्णु बहादुर गुरुङ्गले विभिन्न क्षेत्रमा गरेकाे अनुकरणीय सेवा तथा आचरणका कारण विभिन्न पदकबाट समेत भएका छन्।