ग्लोबल गोरखा समाजद्वारा गृह जिल्ला गोरखा पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण
[ विनय अधिकारी, अध्यक्ष, ग्लोबल गोरखा समाज ]
प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानिय निकायहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पुर्याऊने ऊदेश्यका साथ ४० थान नेपाली बजार मुल्य करिब रु. ७० लाख बराबरको अक्सिजन कन्सलटेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
समाजले मातृभुमी नेपालमा दोस्रो चरणको कोभिड-१९ (कोरोना भाईरस) समुदाय स्तरमा फैलदै गएपश्चात नेपालमा देखिएको अक्सिजन अभावलाई मध्यनजर गर्दै र भावि दिनमा समेत जिल्ला भित्र रहेका स्वास्थ्य केन्द्रहरुबाट सहज रुपमा अक्सिजन सुविधा ऊपलब्ध गराऊन सबै स्वास्थ्य केन्द्रहरु सक्षम हुन भनि सो ऊपकरण सहयोग गरिएको बताएको छ।
दोस्रो चरणको प्रभाव देखिए लगत्तै समाजले गोरखा समाज जापान संगको सहकार्यमा पहिलो चरणमा रु.८ लाख बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री जिल्लाका सम्पुर्ण स्थानिय निकायका स्वास्थ्य केन्द्रहरुमा पठाएको थियो।
विनय अधिकारीको नेतृत्वमा रहेको समाजले प्रवासमा बस्ने गोरखालीहरुको सहयोगमा आज सम्मकै सबै भन्दा ठुलो सहयोग गृहजिल्लामा पठाऊन सफल भएको हो।
समाजको स्वास्थ्य विभाग अन्तर्गत रहेको कार्यक्रममा ४ छुट्टा छुट्टै ऊप-समिति गठन गरेर कार्य विभाजन गर्दै अभियान सन्चालन गरेको समाजले बताएको छ।
अध्यक्ष विनय अधिकारी संयोजकत्वमा पब्लिक रिलेशन ऊप-समिति ,ऊपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकालको संयोजकत्वमा खरिद ऊपसमिति ,कोषाध्यक्ष आकाश बन्जाराको संयोजकत्वमा फण्डराईजिङ ऊप-समिति, नेपाल संयोजक विनोद पोखरेलको संयोजकत्वमा नेपाल संयोजन ऊप-समिति गठन भएको थियो।
अन्य ऊपसमितिका सदस्यहरुमा ऊपाध्यक्ष नारायण भट्ट(अमेरिका),ऊ.यदु लामिछाने(द.कोरिया),ऊ.बिनिता रेग्मी खनाल(युरोप) श्री कृष्ण भट्टराई (कतार)महासचिव त्रिलोचन पोखरेल,(अष्ट्रेलिया)सचिव द्वय शकुन्तला गुरुङ,(बेलायत)विराट खनाल(जापान), सह-कोषाध्यक्ष बम गुरुङ, (बेलायत) केन्द्रिय सदस्य प्रकाश बस्ताकोटी,(अष्ट्रेलिया)रामजी खत्री (कतार), कमला लम्साल काप्री (जापान) रहनु भएको थियो भने क्यानडा संयोजकमा ऊपाध्यक्ष रश्मी थापा लाई जिम्मेवारी तोकिएको जानकारी हुन आएको छ।
समाजले मिति २०७८/३/ ८गते मंगलबारका दिन जिल्ला समन्वय समिति गोरखाको प्रागङगण बाट निवर्तमान राष्ट्रिय सभा सदस्य नेका नेता तथा केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला भित्रका सम्पुर्ण राजनितिक दल,प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समिति गोरखाका सभापति ,गोरखा नगरपालिका प्रमुख,पत्रकार महासंघ गोरखा शाखाका अध्यक्षको विशेष आतिथ्यतामा पत्रकार सम्मेलन गरेर सहयोग केहि स्थानिय निकाय लाई हस्तान्तरण गर्नुका साथै सहयोग पुर्याईने स्थानिय निकायमा रहेका स्वास्थ्य केन्द्रहरुको नामावली सार्वजनिक गरेको थियो।
समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन समाजका नेपाल संयोजक विनोद पोखरेल ले गर्नु भएको थियो भने वक्ताहरुमा नेपाल समन्वय समितीका सदस्य द्वय मोहन भट्टराई,पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा, नेका का नेता सुरेन्द्रराज पाण्डे,जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ,प्रमुख जिल्ला अधिकारी गौतम शर्मा पौडेल,गोरखा नगरपालीका प्रमुख राजनराज पन्त, नेका गोरखाका सचिव युवा नेता नन्द प्रसाद न्यौपाने, नेकपा एमालेका नेता कमल दानी,जसपाका जिल्ला सचिव विपिनचन्द्र ढकाल, लगाएतले आफ्ना महत्वपुर्ण विचारहरु राख्नु भएको थियो।
समाजले समाजका विगत देखिका कामहरुमा समन्वयकारी भुमिका निर्वाह गरेको भन्दै प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे विशेष अतिथि द्वय जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ र पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा लाई प्रशंसा- पत्र हस्तान्तरण गर्दै सम्मान गरेको थियो।
त्यसैगरी अन्य ऊपस्थितिहरुमा शहिद लखन गाँऊपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ जिल्ला भित्रका पत्रकार,सुरक्षा निकायका प्रमुखहरु र सामाजिक संघ संस्थाका प्रतिनिधि लगाएत प्रमुखहरुको ऊपस्थिति रहेको थियो।
समाजले गोरखा नगरपालिका लाई ४ थान ,धार्चे गाऊपालिका लाई २ थान चुमनुर्बी गाऊपालिका लाई २ थान शहिद लखन गाँऊपालिका लाई ४ थान र नेपाल आर्मी गोरखा लाई १ थान सोहि कार्यक्रम बाट हस्तान्तरण गरेको थियो भने सोहि दिन समाजका प्रतिनिधिहरुले पालुङगटार नगरपालिका लाई ४ थान, सिरान्चोक गाँऊपालिका लाई ४ थान बारपाक सुलिकोट गाँऊपालिका लाई ४ थान पालुङगटार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको थियो।
समाजले मिति २०७८/३/९ गते बुधबारका दिन भिमसेन थापा गाँऊपालिका को कार्यालयमा ऊपस्थित भएर ४ थान अक्सिजन कन्सनट्रेटर गाँऊपालिका अध्यक्ष ईश्वर पाण्डे लाई हस्तान्तरण गरेको छ भने आरुघाट गाँऊपालिका को लागी छुट्याईएको ऊपकरण गाँऊपालिका प्रमुख पुर्ण दाहाल कोरोना संक्रमण भएर आईसोलेसनमा रहेको जानकारी भए पश्चात जिल्ला समन्वय समिति गोरखा लाई जिम्मा लगाईएको समाजका नेपाल संयोजक विनोद पोखरेल ले जानकारी गराऊनु भएको छ।
समाजले गण्डकी गाँऊपालिकामा हिजो मिति २०७८/३/१२ गते शनिवारका दिन साबिकको फुजेल गाविस गण्डकी गाँऊपालिका वडा नम्बर ३ मा एक कार्यक्रमका बिच समाजका अग्रज व्यक्तित्व धर्म प्रसाद तिवारीको ऊपस्थितिमा ५ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको थियो।
गण्डकी गाँऊपालिकामा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाँऊपालिका अध्यक्ष होम बहादुर राना मगर ऊपस्थित हुने तयारी भए पनि अविरल बर्षातका कारण सडक बिग्रीएर अध्यक्ष राना ऊपस्थित हुन नसके पश्चात वडा नम्बर ३ का वडा अध्यक्ष नवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष विनय अधिकारीले जानकारी गराऊनु भएको छ।