उपेन्द्र पौडेलद्धारा एनआरएन युके को कार्यसमिति सदस्यमा उम्मेदवारी दिने तयारी
च्यानल लण्डन,—
बेलायतको मिडल्याण्ड ग्रान्थाम निवासी युवा सामाजिक अभियन्ता उपेन्द्र पौडेलले एनआरएन युके को कार्यसमिति सदस्यमा सहयोग गर्न बेलायतका सम्पूर्ण नेपालीहरुमा अनुरोध गरेका छन्। नेपालको चितवन निवासी पौडेल २००९ साल देखि आफ्नो परिवार श्रीमती र दुइ छोरी सहित बेलायत कर्म थलो बनाइ विभिन्न संघ संस्था मार्फत सामाजिक सेवामा समर्पित रहँदै आएका छन्। सानै उमेर देखि समाज सेवा प्रति लगाव राख्दै आएका पौडेल यस्को श्रेय आफ्नो बुवा-आमा र घर परिवारलाई दिँदै आएका छन्। बेलायत आएदेखि नै क्याट युके साथै विभिन्न संघ संस्था मार्फत आफुलाई समाज सेवामा समर्पित गर्दै आएका पौडेल अहिले क्याट युके को सचिब तथा साझा मिडल्याण्डको सदस्यमा सक्रिय रहँदै आएका छन्। एनआरएन नै विदेशमा बस्ने नेपालीहरुको साझा संस्था र यसै संस्था मार्फत नै नेपाल सरकार संग सहकार्य गर्न सजिलो हुने हुनाले हामि सबै जना एनआरएन को सदस्य बन्नु पर्दछ भन्ने उपेन्द्र पौडेल को बलियो बुझाई रहेकोछ। आफु एनआरएन युके को सदस्यमा निर्बाचित भए पछी मुख्यत: बेलायतमा रहेका नेपालीहरु बीच एनआरएन किन आबस्यक छ भन्ने बारे बृहत छलफल चलाउने उपेन्द्र को धोको रहेकाेछ ।, त्यस्तै गरि युवाहरुलाई एनआरएन मा आबद्ध गराउदै नेपाल संग जोड्न भूमिका खेल्ने उनको उद्देश्य रहेकोछ । उर्जाशील युबा समाजसेवी उपेन्द्र पौडेलले सबै बेलायत बासि नेपालीहरूलाई समयमा ( जुन १० भित्र ) सदस्य बनि सही उम्मेदवार रोज्न अपिल समेत गरेकाछन्।