चितवन ट्रस्ट यूके द्धारा निर्वाचन प्रक्रियामा सहभागी भएर नेतृत्व चयन गर्न आव्हान
च्यानल लण्डन,—-
क्याट युकेको विधान अनुसार नवौं साधारण सभा जुलाई ४, २०२१ मा हुने भएको छ। निर्वाचन कमिटीका आयुक्त राजेन्द्र खरेलद्धारा जारी सूचनामा, चितवन एड ट्रस्टका सम्पूर्ण शुभ चिन्तकहरुलाई १५ जुन भन्दा अगाडि सम्ममा सदस्यता लिई दिनुहुन हार्दिक अनुरोध गरिएकोछ। यस संस्थाका आजीवन सदस्यहरु १५ जुन २०२१को ५ बजे अघि सम्म सदस्य बन्नेहरु भोटका लागि योग्य हुनेछन्। यो निर्दिष्ट समय भन्दा ढिलो सदस्य बन्नेहरुले आगामी अधिवेशनमा भाग लिन पाउने छैनन्। यदि यहाँहरु कोही सदस्यता बन्न चाहनु हुन्छ भने तल दिएको लिन्कमा क्लिक गरेर सदस्य बन्न सक्नुहुन्छ र त्यसका लागि प्रतिव्यक्ति सय पाउन्ड र जोडीका लागि १५० पाउन्ड लाग्ने छ। http://chitwanaidtruct.org/membership -form सबै हालका र नयाँ आजीवन सदस्यहरुले आफ्नो ईमेल ठेगाना र सम्पर्क फोन नम्बर छिटो भन्दा छिटो निम्न जिमेल एड्रेसमा पठाउनु हुन अनुरोध गरिएको छ । catelection1921@gmail.com
कोभिड १९ को अवस्थालाई मध्यनजर गरेर सरकारले गर्ने लक डाउन र सुरक्षा उपायलाई पालना गर्दै विद्युतीय मतदानको व्यवस्था गरिने भएकोछ । निर्वाचन कमिटीले सबै बाट सकारात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ।
भूतपूर्व अध्यक्षहरु, ट्रस्टिहरु, वर्तमान कार्यसमितिका सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु र सम्पूर्ण शुभचिन्तकहरूसँग स्वच्छ र स्वतन्त्र निर्वाचनको अपेक्षा गर्दछ।चुनावको विस्तृत कार्यतालिका पछि प्रकाशत गरिनेछ । कृपया यो सूचनालाई सबै सदस्यहरुका माझ पुर्याउन तथा आसन्न चुनावका लागि इच्छा राख्नु हुने उम्मेदवारहरुले सामाजिक मीडिया स्थानीय मिडिया, समाचारपत्रहरुको सहयोग लिनुहुन अनुरोध समेत गरिएको छ। यहाँहरूको सहयोग र सद्भावको अपेक्षा राख्दै आसन्न अधिवेशनमा सबैको सक्रिय सहभागिताको अपेक्षा गरिएको राजेन्द्र खरेल ( निर्वाचन आयुक्त चितवन एड ट्रस्ट, बेलायत ) द्धारा जारी सूचनामा उल्लेख गरिएकोछ ।