गैर-आवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य समन्वय परिषदको प्रथम अधिवेशन;- १२ जुलाईमा
च्यानल लण्डन,….
गैर-आवासीय नेपाली संघको बिधान तथा संघको नियम अनुसार, राज्य समन्वय परिषद, इंग्ल्याण्डको प्रथम (संस्थापक) कार्यसमितिले आफ्नो दुई वर्षको कार्यावधि पुरा गरेको अवसरमा प्रथम अधिवेशन १२ जुलाई २०२१ का दिन तय गरिएको छ। बिशेष गरेर , राज्य समन्वय परिषदको यो प्रथम अधिवेशनमा संघले गरेका गतिबिधिहरु बारे जानकारी दिनुका साथै, इंग्ल्याण्ड वासी सम्पूर्ण गैर-आवासीय नेपालीको अधिवेसनमा सहभागी हुन पाउने अधिकारलाई मध्य नजर गर्दै, संघले आफ्नो दुइबर्षको कार्यकाल भित्र, रास्ट्रीय समन्वय परिषद युकेले दिएको जिम्मेवारी अनुरुप गरिएका कार्यक्रमहरु सचिवको प्रतिवेदनद्वारा प्रस्तुत गरिने छ भने कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ।
कार्यक्रममा बेलायतको जनगणना अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवकहरु तथा साइकल रयालीमा सहभागी साईकल यात्रीहरुलाई प्रमाण पत्रहरु पनि वितरण गरिनेछ। प्रमुख अतिथिको लागि गैर-आवासीय नेपाली संघ यूके कि अध्यक्ष श्रीमती पूनम गुरुङ ज्युको उपस्थिति रहनेछ भने, सभापतित्व परिषदका अध्यक्ष दीपक श्रेष्ठद्वारा गरिने भएकोछ।
कार्यक्रममा सहभागी हुन तथा विस्तृत जानकारीको लागि:-