प्रधानमन्त्री शेरबहादुर देउवाको लागि चुनौती तथा नेपाली काङ्ग्रेसको लागि नयाँ अवसर
दुर्गाप्रसाद गौतम, काठमाण्डौ—
गत निर्वाचनमा एक्लै अबिस्वासको प्रस्ताव समेत दर्ता गर्न नसक्ने हैसियतमा रहेको प्रमुख प्रतिपक्षीको भुमिकामा नेपाली जनताले आफ्नो जनमत दिएको नेपाल कै पुरानो लोकतान्त्रिक पार्टी झन्डै दुइतिहाइ जनमत पाएर सत्ता सिन हुन पुगेको नेपालको कम्युनिस्ट पार्टीको सरकारमा रहेको आक्रमन्यताका कारण सत्ता सिन हुन पुगेकोछ। नेपाल कम्युनिस्ट पार्टीको सरकारमा रहेको अनावश्यक दभ र गैर पार्दशी क्रियाकलाप कै कारण जनस्तरमा नैरास्यता बढी भै पार्टीहरु प्रति नै बिश्वास कम हुन गैरहेको यथार्थ हो। यस्तो परिस्थितिमा सानो हैसियतमा सांसदमा खुम्चिन पुगेको नेपाली काङ्ग्रेस पुन सत्तामा पुगेको छ। यो अबसररलाई नेपाली काङ्ग्रेस संग खेर फाल्ने सुबिधा उसलाई र उसको गठ बन्धनलाई छैन । तथापि जनस्तरमा भने प्रधानमन्त्री शेरबहादुर देउवाका अघिल्ला चार कार्यकालहरुलाई हेरेर खासै अपेक्षाहरु भने रहेको देखिदैन। यसका पछाडी प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्ला कार्यकालहरुमा धेरै बिबादास्पद कार्यहरू हुनु साच्चै भन्ने हो भने नेपालको संसदीय अभ्यासमा बिकृतिको बीजारोपण गर्ने ब्यत्तिनै देउबा हुन भन्ने आरोप उनि माथी रहिआएको छ। नेपालमा पजेरो तथा अन्य बिकृतिको सुरुवात उनैले गरेका हुन जस्ता आरोपहरु छन। यहीँ कारण उनको गएको तीन बर्षमा प्रर्दसित सालिन प्रतिपक्षीको भुमिकालाई पार्टी भित्रै र बाहिर पनि शंकाको दृष्टिबाट हेरियो। जसलाइ केपि सरकारले गरेको पहिलो सांसद विघटन पश्चात् नेपाली काङ्ग्रेस भित्र र बाहिर सृजित अबस्थालाई बिस्लेषण गर्दा थप प्रष्ट हुन सकिन्छ ।
जनस्तरमा हाल गठवन्धनमा रहेका पार्टीहरुलाइ हर्ने दृष्टिमा पनि यिनिहरुका बिगतका आचरण नै हाबी भयका कारण राम्रो छैन। ब्यत्तिबाद हाबी हुदैजानु र आफन्तबाद नाताबाद कृपाबाद र चाकडीबाद दलगत नेतृत्व लिप्त छ र यो नेतृत्वले केबल सत्तामा आफ्नो पहुँचका लागि मात्र देश र जनता भन्छ । अन्यथा यिनिहरुले गर्ने भनेको भ्रष्टाचारलाई सस्थागत, भ्रष्टाचारी लाई उन्मुक्ति हो भन्ने आसङ्काले दरो संग डेरा जमाएको देखिन्छ । सधैं सत्तासिन पार्टी र सरकारले आफू र आफ्नो गुण गान गाउन उध्दत भिजिलान्तेहरुलाई नै वरिपरि घुमी स्तुति गानमा रमाउने परिपाटीको बिकास हुदा वास्तविक राम्रा मानिसहरू संगको संगतबाट नै नेतृत्व बन्चितिकरणमा पर्नुले यो सब अबस्थाको सृजनाको कारण नै प्रतिफल नकारात्मक हुन गएको हो भन्ने हेक्का हुन जरुरी छ। नेताहरूलाई आम मानिस ले हेर्ने दृस्ठिकोणमा परिवर्तन आउनलाई पनि नेतृत्व अलि बढी जिम्मेवार भै जन अपेक्षाका कार्यहरू गर्नु आबस्यक छ। यसका लागि शून्य सहनसिलतामा आधारित भै भ्रस्टाचार, अनिमितता, कुशासन जस्ता विषयमा सरकार र गठबन्धनका दलहरुले जनतालाई बिस्वत पार्नु जरुरी छ। तर नयाँ सरकारले सफत लिएकै दिन ललिता निवास जग्गा प्रकरणमा लामो समय देखि बिशेष अदालको फरियादलाई बेवास्ता गरि आएका काङ्ग्रेस उपसभापती बिजय गच्छदार अदालत हाजिर भै धरौटीमा रिहा हुनु र अब आफताब आलाम निकट भबिस्यमा जेलबाट रिहा हुन्छन् जस्ता भनाइहरु जनस्तरमा प्रगाढ हुनाले यो सरकारका काम कामकारबाहीमा पछपात हुँदैन र सरकार बिधिको शासन प्रत्ति प्रतिबव्द छ भन्ने कुरामा प्ररम्भमा नै आसङ्का पैदा गरेको छ। अत सरकार तथा सरकारमा सामेल दलहरूले जनतामा रहेको यो अबिस्वासको शंकालाई हटाउनका लागि बिस्वनिय आधारहरुको सृजना गर्नु पर्छ ।
नेपाली काङ्ग्रेसले संकटका बेला मुलुकलाई धेरै पटक निकास दिएर अस्थिरतालाई चिरेको छ। मुलुक निर्बाचन नै हुन नसकी अन्योलता तर्फ धकलिन्छ कि भन्ने बेलामा बर्तमान प्रधानमन्त्री कै नेतृत्वको सरकारले तिनै तहको निर्वाचन सम्पन्न गरि संविधानको सफल कार्यान्वयनको आधार तय गर्यो । यो सफलताको छुट्टै ब्याख्या होला तर हाललाई यो प्राप्त अबसरलाई सदुपयोग गरि अघिल्ला कर्यकालमा भएका कमि कमजोरीहरुलाई हटाउँदै राम्रो काम मार्फत जनतालाई सन्देश दिई सधैंका लागि अनुकरणीय बन्ने अबसर पनि प्रधानमन्त्री देउवाका लागि छ। उनले गर्ने यो अबसरको सदुपयोग वा दुरुपयोगले सिङ्गो नेपाली काङ्ग्रेसको भबिस्यलाई निर्धारण गर्छ। त्यसै भएर अब काङ्ग्रेसलाई किन्तुपरन्तु भनेर कुनै छुट उपलब्ध हुनेछैन । यदि देउवाले हाल प्राप्त अबसरलाई साच्चै बिधिको शासन स्थापित गरि सिमित घेरा तोड्दै सबैका लागि राज्य,न्यायका लागी राज्य, समान अबसरका लागि राज्य, गरिबका लागि राज्य, सुशासनका लागि राज्य, क्षमताको कदरका लागि राज्य भन्ने भान आम जनतामा पार्न सके भने यसले उनको पहिलाको नकारात्मक छ्बिलाई पुरा सफा मात्र पार्दैन सिङ्गो काङ्ग्रेस प्रती नै जनताको क्रेजलाई वृद्धि गर्द्छ।अन्यथा केपि ओलिले गर्न नसकेको जनता प्रतिको उत्तरदायी ब्यहारलाई जनताले बिस्तारै बिर्सने छ र त्यो अर्कमन्यताको दोष समेत बर्तमानको सरकारलाई नै दिदा आउने चुनावमा समेत त्यसले सरकार प्रमुखको हिसाबले काङ्ग्रेसलाई नै बढी घाटा पर्नेछ।
त्यसैले शेर बाहादुर देउवा यता तर्फ पनि चनाखो हुनु पर्ने छ। मुलुक कै पाँच पाँच पटक प्रधानमन्त्री र पार्टीको सभापती भैसकेका देउवाले मुलुक र पार्टीबाट प्राप्त गर्ने सबै कुरा प्राप्त गरिसके अब उनले मुलुक र पार्टीका लागि दिने मात्र हो लिनु केहि छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्छु भन्ने अठोट गरे भने पक्कै यस्ले उनको राजनैतिक जिबनलाई सार्थक बनाइ काङ्ग्रेसको आगामी पुस्ताको राजनीतिक भबिस्यलाई सुनिश्चित गर्दछ। तर अझै उनले बाच्चुनजेल नेपाली काङ्ग्रेसको सभापति पनि मै र राज्यको शक्ति र सत्ता पनि म र मेरै मानिसहरुको अगाडि पछाडी घुम्नु पर्छ भनेर सोचेका छ्न भने किमार्थ राम्रो काम गर्ने सक्ने छैन । त्यसैले पाँच पाँच पटक प्रधानमन्त्री भै सकेका शेर बाहादुर देउवालाई खासै ठुलो असर नहोला तर नेपाली काङ्ग्रेस कै मियोबाट मुलुक र जनताको भलाइ गर्छु भनी राजनीति गरेका र काङ्ग्रेस संग आश गरि बसेका ठुलो तप्कालाई भने अकल्पनीय घाटा पुग्ने छ।
यी कुरालाई मनन गर्दै कोरोनाको कहरबाट प्रताडित जनताको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै बेलैमा स्वास्थ्य क्षत्रको बिकृती माथि बिजय प्राप्त गर्ने सक्ने नेतृत्व स्वास्थ्य मन्त्रालयमा हुनु आबस्यक छ । सबै भ्याक्सिन लगाउने उमेर समुहका जनतालाई चाडाे भन्दा चाडो भ्याक्सिनेट उपलब्ध गराई जीवन सुरक्षीत र सामान्य तर्फ लान सरकार तल्लीन छ भन्ने बिश्वास संचरित गर्न सक्नुपर्छ । साथै लामो समय देखि कोरोनाको प्रत्यक्ष प्रभावले थला परेका क्षेत्र उथानका लागि के कस्ता कदमहरु संचालन गर्न सकिन्छ भन्ने तर्फ ध्यान जानू जरुरी छ। लोक कल्याण कारी राज्य निर्माणमा सरकार खरो रुपमा प्रस्तुत हुन सक्नुपर्छ । जनजिबिकाको सवालमा सरकारको स्पष्ट रोडम्याप हुनुपर्छ । सोही अनरुपको व्यबहार राज्यद्वारा प्रस्तुत हुन जरुरी छ। यसमा खरो रूपमा उत्रन सके नेपाली काङ्ग्रेसको आगामी दिन सुनिश्चित गर्ने अबसर हुन्र्छ। अन्यथा आजको शत्तारोहण आगामी दिनका लागि ठुलो संकट सिवाय केही हुने छैन। यसले काङ्ग्रेसको आगामी जीवनकालमा थप चुनौती थेप्ने छ। चेतना भया।
लेखक:- आर्य एकेडमी सितापाइलाका सस्थापक प्रीन्सिपल हुन ।