एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलबाट भिम केसी कमलद्धारा उम्मेदवारी घोषणा
च्यानल लण्डन,—-
गैरआवासीय नेपाली संघ (एनआरएनए)को यहि अक्टोबर २३ देखि २५ मा हुने केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट भिम केसी कमलले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका केसीले एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका केसीले आप्रवासी सम्बधी कानुनमा सरलीकरणको पहल गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने तथा पोर्चुगलको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफलमा सहभागी भइ नेपाल एवं दक्षिण एसिया क्षेत्रकै आप्रवासीहरुको समस्या समाधानका लागि पहलकदमी समेत गरेका छन् ।
बाग्लुङको जैमिनी नगरपालिका २ मा जन्मिएर लामो समय शिक्षण पेशा तथा शिक्षा प्रशासनमा उच्च सरकारी तहमा काम गरेका केसी एनआरएनए अभियानका अलावा व्यवसायी समेत हुन् । उनले पोर्चुगलको सुन्दर टापु मदेइरामा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।